४२ औं प्रधानमन्त्रीका रुपमा नेपालले पायाे पहिलो महिला प्रधानमन्त्री
एक्सन खबर
काठमाडौं । मुलुकको इतिहासले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको आन्दोलनको बलमा नेपालले पहिलो पटक महिला प्रधानमन्त्रीका रुपमा पूर्वप्रधानन्यायाधिश शुशीला कार्कीलाई पाएको हो ।
शुक्रबार राती ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधिश कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनु भएको छ । २००९ साल जेठ २५ गते मोरङको शंकरापुरमा जन्मनु भएकी नवनियुक्त प्रधानमन्त्री कार्कीले २०२८ सालमा बिराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट बीए पास गर्नु भएको छ । भने, २०३१ सालमा बनारसको हिन्दु बिश्वविद्यालयबाट राजनीतिशाष्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम अनुसार अब नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद्ले बर्तमान प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गर्ने र त्यसलाई राष्ट्रपतिले प्रमाणित गर्ने सहमति भएको छ । नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधिश प्रकाशनमानसिं राउत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संबैधानिक निकायका पदाधिकारी, विभिन्न कुटनीतिक नियोगका अधिकारीहरु, जेन-जीका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।
संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।
0 प्रतिकृया