Follow us:


Follow us

२१ कार्तिक २०८२, बिहिवार
२१ कार्तिक २०८२, बिहिवार


लुटपाट गरिएको फरवार्ड सुपरमार्केटका सामान फिर्ता गर्न अनुरोध, नगरे कानुनी कारवाहीमा पठाइँदै

एक्सन खबर
भदौ, २७, २०८२




लुटपाट गरिएको फरवार्ड सुपरमार्केटका सामान फिर्ता गर्न अनुरोध, नगरे कानुनी कारवाहीमा पठाइँदै

सुनसरी । भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनको क्रममा अज्ञात, अराजक समुहले सुनसरीको दुहवी स्थित फरवार्ड सुपरमार्केट लुटपाट गरेकोमा लुटपाट गरिएका सामग्री फिर्ता गर्न फरवार्ड सुपरमार्केटले अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारी गरि सुपरमार्केटबाट लुटिएका सामग्रीहरु फिर्ता गर्न आग्रह गरिएको हो । 

मार्केटका व्यवस्थापक करण चौधरीका अनुसार भदौ २४ गते जेन–जी समूहको नाममा केही अज्ञात, अराजक र दुष्ट समूहद्वारा फरवार्ड सुपरमार्केटमा पसी तोडफोड गर्दै लुटपाट गरेका थिए । जेन–जीको नाममा केही अज्ञात, अराजक र दुष्ट समूहले अनाधिकृत रुपमा सुपर मार्केटभित्र प्रवेश गरी लाखौं मूल्य बराबरको सामान लुटपाट गरे ।’ चौधरीका अनुसार लुटपाटमा करिब साढे ३ करोडको क्षती भएको छ । 

फरवार्ड सुपर मार्केट कुनै एक व्यक्ति विशेषको नभई सर्वसाधारण विभिन्न व्यक्तिहरूको सामूहिक लगानीमा रहेकोले लुटपाट नगर्न अनुरोध गर्दापनि अराजक समुहले जवरजस्ती प्रवेश गरी खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स आइटमहरु लुटपाट गरेको ब्यवस्थापकको दावी छ । ‘यो सुपरमार्केट जनताको सामुहिक लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाको श्रण लगानीबाट सञ्चालित रहेको छ । यस सुपरमार्केटमा बिक्रिमा राखिएका सम्पूर्ण स्टक मौजदातका अन्दाजी ३ करोड ५० लाख बराबरका सामानहरु लूटपाट तथा चोरी गरि स्टोर फर्निचर, फिर्निसिङ र डेकोरेशनका सम्पूर्ण भौतिक संरचना समेत तोडफोड गरी ध्वस्त पारेको जानकारी गराउँदछौं ।’ सुपर मार्केटले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सुपरमार्केटले विपन्न तथा गरिबहरुको लागि आपतविपद्मा विभिन्न किसिमले सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै आएको जनाउँदै उक्त लुटपाट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूको विभिन्न डिजिटल प्रमाण (जस्तैः सीसीटीभी फुटेज, फोटोहरू) सुरक्षित गरिएको बताइएको छ । साथै घटनामा संलग्न व्यक्तिहरूद्वारा लुटपाट गरिएका सामानहरू फरवार्ड सुपर मार्केटमा फिर्ता नगरेमा सम्पूर्ण डिजिटल प्रमाण सम्बन्धित सुरक्षाकर्मीलाई उपलब्ध गराई कानूनी कारबाही अघि बढाउने भनिएको छ । 













0 प्रतिकृया