Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


नयाँ वर्ष इस्वी संवत् २०२५, राष्ट्रिय टाेली दिवस पनि मनाइँदै

एक्सन खबर
पौष, १७, २०८१


नयाँ वर्ष इस्वी संवत्  २०२५, राष्ट्रिय टाेली दिवस पनि मनाइँदै

काठमाडाैं । आजदेखि नयाँ वर्ष इस्वी संवत्  २०२५ सुरू भएको छ । ग्रेगोरियन पात्रोअनुसार जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरूआत भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै इस्वी सम्वत् पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियाे । विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । 

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने राजधानीकाे ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मंगलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल छ ।

यस्तै जागरूक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ वसन्तपुरमा यो दिवस मनाइएको हो । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।













0 प्रतिकृया