Follow us:


Follow us

२२ जेठ २०८३, शुक्रवार
२२ जेठ २०८३, शुक्रवार


कांग्रेस नेता सुनिल शर्मा र शेखर काेइराला शुक्रबारदेखि सुदूरपश्चिममा

एक्सन खबर
पौष, ४, २०८१


कांग्रेस नेता सुनिल शर्मा र शेखर काेइराला शुक्रबारदेखि सुदूरपश्चिममा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका इतर समूहका नेता डा. सुनिल शर्मा भोलि शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् । डा. शर्मा कांग्रेस बरिष्ठ नेता डा. शेखर काेइरालासँगै सुदूरपश्चिमका कार्यक्रमहरूमा सहभागी हुन लागेका हुन् । 

शर्माका निजी सचिवालयका अनुसार उनले धनगढीमा रहँदा नौ वटै जिल्लाका कार्यकर्ताहरूलाई भेटघाट तथा पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् । शुक्रबारका कार्यक्रमहरूमा उनले सुदूरपश्चिमका सबै जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग छुट्टाछुट्टै समयमा भेटघाट गर्ने र जिल्लागत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

पुस ६ गते शर्माले भातृ तथा शुभेच्छुक संस्थाहरूसँग भेटघाट गर्नुका साथै नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

डा. कोइराला र डा. शर्मासँगै नेताहरू हृदयराम थानी, गोविन्द पोखरेल, गुरुराज घिमिरे, संजय गौतम लगायतका नेताहरूले पनि प्रदेश अधिवेशनलाई सम्बोधन गर्नेछन् । यस अवसरमा, नेताहरूले सुदूरपश्चिमका स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

डा. शर्माले पछिल्लाे समय पार्टी भित्र र प्रतिनिधिसभामा  आफ्नाे भूमिका प्रभावकारी बनाउँदै गइरहेका छन् । प्रतिनिधिसभामा राष्ट्रिय, अन्तराष्ट्रिय र समसामयिक मुद्दा र विषयहरूमा डा. शर्माले राख्ने विषयहरू गहन र तार्किक हुने गरेका छन् । पार्टी भित्र पनि डा. शर्माले पार्टी सुदृढीकरण र सवलीकरणका सवालमा एजेन्डाहरू उठाउँदै आइरहेका छन् 













0 प्रतिकृया