Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो’ शेखर काेइराला

एक्सन खबर
कार्तिक, २, २०८१


‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो’  शेखर काेइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । बिराटनगर स्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरुसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी केहि गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताउँदै त्यसका लागि नेता कार्यकर्तालाई  आ-आफ्नो कार्यक्षेत्रमा खट्न निर्देशन पनि दिए । 

‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसको लागि तपाईंहरु आ-आफ्नो कार्यक्षेत्रमा खटिनोस्।’- कोइरालाले भने । कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरुलाई न्याय गर्ने कुरामा आफुले भनेजति काम गर्न नसकेको समेत बताए ।

कोइरालाले २०८२ मंसिर भित्रै पन्ध्रौं महाअधिवेशन हुनुपर्ने बताए । समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धरासयी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिए । 













0 प्रतिकृया