"हजारको नोट" सार्वजनिक (भिडियो सहित)
एक्सन खबर
चितवन । मोडल कृति भट्टराईको "हजारको नोट" सार्वजनिक भएको छ । शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गीतको भिडियो सार्वजनिक भएको हो । गायक कस्तुप पन्तको शब्द तथा संगित रहेको सो गीतमा गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ ।
सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गितलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । सार्वजनिक सो भिडियोमा हिमाल सागर र मोडल कृति भट्टराईको अभिनय रहेको छ । झापा,विर्तामोड-८ स्थित देउनिया निवासी कृतिको यो डेव्यु गीत हो ।
मिस प्रदेश नं १ कि विजेता समेत रहेकी कृति पछिल्लो समय अभिनय र मोडलिङ्गमा व्यस्त रहेकी छन् । मोडलिङ्गमा नै आफ्नो भविष्य तय गरिरहेकी कृतिले यस गीत सङ्गै आफुलाई अनुकुल भए अनुसार अवसर आए म्युजिक भिडियो र चलचित्रमा समेत काम गर्ने बताएकी छन् ।
बान्दे प्रसादको सम्पादन रहेको सो भिडियोको छायांकन राम शरण उप्रेतीले गरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो ।
0 प्रतिकृया