तिम्रै झझल्को’ लिएर आइन् बबिना (भिडियाे सहित)
एक्सन खबर
काठमाडौं । गीतकार श्याम कृष्ण डंगोल ‘प्रतीक्षा’ काे विरही भावको गीत ‘तिम्रै झझल्को’ चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो ललितपुरको ठेचो र आसपासको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ ।
गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीको रहेको छ । गौरीघाट स्थित स्टुडियो साउण्ड मिलमा महेश्वरमान राजभण्डारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा नविन लुहागुन, ओसिन आङ्दाङ्वे, राजु श्रेष्ठले अभिनय गरेका छन् भने कलाकारलाई रोनी ग्लाम स्टुडियो धुमबाराहीको तर्फबाट रोनिशा अधिकारीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।
गीतमा समाजमा घटिरहने प्रेम विछोडको कथालाई उतार्ने प्रयास गरेकाे गीतकार डंगाेलकाे भनाइ छ । प्रेममा विछोड हुँदा एउटा प्रेमिल मनमा कति चोट अनि कति आघात पर्छ ? एउटा सच्चा प्रेम गर्ने प्रेमी या प्रेमिका विछोड पछि कसरी बाँच्छन् भन्ने भाव गीतमा उतारिएकाे छ ।
श्यामकृष्ण डंगोल ‘प्रतीक्षा’ को विरही भाव रहेको मार्मिक शब्दमा पहिलो सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै गायिका बबिना भट्टराई ‘तिम्रै झझल्को’ बोलको गीत गाउँदा आँफू पनि शब्दहरु सँगै बहेको अनुभव संगाल्न पाएको बताउँछिन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् ।
संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् । उनका व्यवसायिक गीतहरु ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।
0 प्रतिकृया