Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


केएमसीका चिकित्सक माथि हातपातको घटनाप्रति संघकाे आपत्ति

एक्सन खबर
बैशाख, १८, २०८१


केएमसीका चिकित्सक माथि हातपातको घटनाप्रति संघकाे आपत्ति

काठमाडाैं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । सोमबार अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत दुइ चिकित्सक माथि हातपात भएकाे थियाे ।

केएमसीका चिकित्सक प्रा. डा. बिनिता प्रधान र डा. पूजा शाहमाथि बिरामीका आफन्तले हातपात गर्दै अस्पतालमा तोडफोड समेत गरेका थिए । साेकाे संघले भत्सर्ना गरेकाे हाे ।

चिकित्सक संघले विज्ञप्ती जारी गर्दै भनिएकाे छ,‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ ।’

संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै उपचारको क्रममा कुनै त्रुटि भएको शंका लागेमा कानुनी प्रक्रियामा हुँदाहुँदै स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने कार्यले गम्भीर असर व्यहोर्नु परेको बताएका छन् । संघले दोषीलाई छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरेकाे छ ।














0 प्रतिकृया