Follow us:


Follow us

९ असोज २०८३, शुक्रवार
९ असोज २०८३, शुक्रवार


‘कांग्रेस सत्तामा रहोस् नरहोस् तर जनताको मनमा रहनुपर्छ’ सभापति तामाङ

एक्सन खबर
माघ, १५, २०८०


‘कांग्रेस सत्तामा रहोस् नरहोस् तर जनताको मनमा रहनुपर्छ’ सभापति तामाङ

धरान । कांग्रेस सत्तामा रहोस् नरहोस् तर जनताको मनमा रहनुपर्ने नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले बताएका छन् । नेपाली कांग्रेस पार्टी देश र जनताको चाहना र भावना बमोजिम स्थापना भएको डेमोक्रेटिक पार्टी भएकाले कांग्रेसले सत्तालाई भन्दा जनतालाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

नेपाली कांग्रेस धरान ५ नं. वडाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुँदै प्रमुख अतिथि समेत रहेका तामाङले पार्टीले जनता र समुदाय लक्षित सामाजिक एवम् मानवीय सेवाका पक्षमा र सुशासनको क्षेत्रमा कार्य गर्नुपर्ने पनि बताए ।

नेपाली कांग्रेस, धरानको मासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने नीति अनुरुप यसपटक वडा नं. ५ ले नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको वडा सभापति कुमार देवानले बताए । रक्तदानमा ५४ जना पुरुष र २४ जना महिला गरी ७८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा नगर सभापति श्याम पोखरेल, सचिव हिमाल श्रेष्ठ, हिमाली मा.वि. का प्रधानाध्यापक एमकुमार खत्री, देउराली चिल्ड्रेन एकेडेमीका प्रिन्सपल नविन गौतम, लिङ्देन समाज धरान अध्यक्ष मानबहादुर लिम्वु, वडा उपसभापति जीवन लिम्वु लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई आर्थिक तथा भौतिक सहयोग गर्ने र रक्तदान गर्नेहरुलाई क्षेत्रीय सभापति तामाङ, महासमिति सदस्य तिलक राई, नगर सभापति श्याम पोखरेल लगायतले सम्मान–पत्र, कदर–पत्र र प्रशंसा–पत्र प्रदान गरेका थिए ।














0 प्रतिकृया