Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिँदै

एक्सन खबर
पौष, २०, २०८०


राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्दैछ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो ।

आज बिहान १० बजेदेखि ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिसक्ने र त्यसमा आज दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएकाे छ । उक्त दावी विरोधउपर छानबिन गरी आइतबार (पुस २२ गते) अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रिय सभा निर्वाचनका लागि यसपालि नयाँ मतभार कायम गरिएकाे छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको आयोगले जनाइसकेकाे छ ।यसअघि प्रदेश सभा सदस्यको मतभार ४८, प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको १८ थियो ।

पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगकाे कार्य तालिका छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र साेहि दिन उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

पुस २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते उम्मेदवारलाई चुनाव चिन्ह दिइनेछ । माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्‍म मतदान गर्ने समय तोकिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमाले विच राष्ट्रिय सभाकाे निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भइरहेकाे छ ।













0 प्रतिकृया