कांग्रेसद्धारा ख्रीष्टमस र नयाँ वर्षको अवसरमा शुभकामना तथा चियापान
एक्सन खबर
धरान । नेपाली कांग्रेसले इसाई धर्मावलम्वीको महान चाड ख्रीष्टमस–२०२३ तथा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले इसाई समुदायहरु तथा धरानमा रहेका चर्चका पाष्टरहरुलाई सहभागिता गराएर शुभकामना तथा चियापान कार्यक्रम गरेको हो ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना, प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, पुर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, रेभ पर्शु गुरुङ, रेभ कुवेर गुरुङ, रेभ डा. जीवनदीप सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ख्रीष्टमस सुसमाचार बचन तथा गड मेसेज विषप ज्योती थुलुङवाट भएको थियो भने धरान शान्ति चर्च र धरान पवित्र चर्चले नृत्य समेत प्रस्तुत गरेका थिए । राजनीतिक दलहरुले अहिलेसम्म ख्रीष्टमसको अवसरमा इसाई समुदाय र चर्चहरुलाई बोलाएर कार्यक्रम नगरेकोमा नेपाली कांग्रेसले पहिलोपल्ट सम्मान र सद्भावपूर्वक चर्च र इसाई धर्मावलम्वीहरुको धार्मिक गुरुहरुलाई निम्तो गरेर ख्रीष्टमसको कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै पार्टीलाई धर्म गुरुहरुले धन्यवाद दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले धर्मनिरपेक्षता कांग्रेस कै नेतृत्वमा आएको भन्दै कांग्रेसले सबैको धर्मलाई संरक्षण गर्ने बताए । सभापति तामाङले नेपाली कांग्रेस सबै जातजाति र धर्म समुदायको साझा पार्टी भएकाले सबैका चाड पर्वहरुलाई उत्तिकै महत्वका साथ मान्ने बताए ।
0 प्रतिकृया