Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


रुसकाे हालसम्मकै ठुलो क्षेप्यास्त्र आक्रमणमा ३० बढी युक्रेनीको मृत्यु

एक्सन खबर
पौष, १४, २०८०


रुसकाे हालसम्मकै ठुलो क्षेप्यास्त्र आक्रमणमा ३० बढी युक्रेनीको मृत्यु

एजेन्सी । रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गर्दा कम्तिमा ३० जनाकाे ज्यान गएकाे छ । रूस-युक्रेन युद्ध सुरु भएयता शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणबाट किभ, ओडेसा, निप्रोपेत्रोभ्स्क, खार्किभ र ल्भिभमा १६० भन्दा धेरै घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले यो आक्रमणमा सबै प्रकारका हतियार प्रयोग गरेको दाबी गरेका छन् ।

युक्रेनकाे वायु सेनाले एकैपटक यति धेरै क्षेप्यास्त्र प्रहार भएको कहिल्यै नदेखेको बताएको छ । वायु सेनाका प्रवक्ताका अनुसार रुसले हाइपरसोनिक, क्रुज र ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरेको छ । जसमा एक्स-२२ प्रकारका क्षेप्यास्त्र पनि प्रयोग भएको छ । शुक्रबारको आक्रमणको प्रतिरक्षामा युक्रेनले १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालेका वायु सेनाले जिकीर छ ।













0 प्रतिकृया