Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


नेकपा एमालेका सांसद लक्ष्मी महताे काेइरीकाे निलम्बन फुकुवा

एक्सन खबर
पौष, ८, २०८०


नेकपा एमालेका सांसद लक्ष्मी महताे काेइरीकाे निलम्बन फुकुवा

काठमाडाैं । नेकपा एमालेका सांसद लक्ष्मी महताे काेइरीकाे निलम्बन फुकुवा भएकाे छ । कर्तब्य ज्यान सम्बन्धी मुद्दामा निलम्बनमा परेका काेइरीकाे सांसद पद फुकुवा गरिएकाे हाे । काेइरी महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

कर्तव्य ज्यानलगायत मुद्दा लागेपछि गत वैशाख १९ गते कोइरीलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको थियो । भने, उनी लामाे समय सम्पर्क विहिन रहेका कोइरीलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएसँगै सभामुख देवराज घिमिरेले सांसद पद निलम्बन फुकुवा गरेका हुन् ।

सभामुख घिमिरेले कोइरीको सांसद पद निलम्बन फुकुवा गरेको संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।

२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि काेइरी फरार थिए । उनी २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी १ बाट निर्वाचित भएका थिए ।

हेर्नुहाेस सूचना














0 प्रतिकृया