Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


निर्वाचन आयोगद्वारा १२ वटा दललाई निर्वाचन चिन्ह प्रदान

एक्सन खबर
पौष, १, २०८०


निर्वाचन आयोगद्वारा १२ वटा दललाई निर्वाचन चिन्ह प्रदान

काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न दिएकाे छ । माघ ११ गते हुने निर्वाचनका लागि आयोगले आइतबार दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको हाे ।

आयोगले प्रेस विज्ञप्ति जारी गरि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी निर्वाचनका लागि दर्ता भएकाे जनाएकाे छ । त्यसैगरी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी पनि दल दर्ता भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरेको छैन । निर्वाचन आयोगले शुक्रबारसम्मका लागि दल दर्ताको समय तोकेको थियो । राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्नेछन् । फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।













0 प्रतिकृया