ट्रिपर दुर्घटनापछि बन्द भएको सडक खुल्यो
एक्सन खबर
काठमाडाैं, १८ मंसिर । धनकुटाको साँगुरीगढी ६ कलबोटेमा ३ वटा ट्रिपर एक आपसमा ठोकिएर शनिबार दुर्घटना भएपछिको अबरुद्ध कोशी राजमार्ग खुलेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारदेखि लगभग ६ किलोमिटर उत्तरपश्चिम स्थित कलबोटेमा शनिबारै बेलुका करिब ७ बजे ट्रिपर दुर्घटना भएपछि उक्त राजमार्ग अबरुद्ध भएको थियो ।
तीन वटा ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा सडक अवरुद्ध भएको भेडेटार ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार विराटनगरबाट २ वटा क्रेन ल्याएर सडक खुलाइएको थियो ।
सडकमा अगाडी गुडिरहेको ट्रिपरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । तीन वटै ट्रिपर एकआपसमा च्यापिएर सडकनै ढाकेकोले सडक अवरुद्ध भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको छैन । क्रेन लगाएर केही घण्टाको प्रयासमा मात्र सडक खुलाउन सकेको थियो ।
0 प्रतिकृया