Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


सङ्कल्प यात्रा नागरिकसँग प्रत्यक्ष संवादको लागिः केपी शर्मा ओली (भिडियाे सहित)

एक्सन खबर
मंसिर, १०, २०८०


सङ्कल्प यात्रा नागरिकसँग प्रत्यक्ष संवादको लागिः केपी शर्मा ओली (भिडियाे सहित)

काठमाडौं, १० मंसिर । मङ्सिर १४ बाट एमालेले आयोजना गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा नागरिकसँग प्रत्यक्ष संवादको लागि आयोजना गरिएको  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सन्देश जारी गर्दै ओलीले  जनतामा बढेको अन्योल र निराशा चिर्न तथा युवा पलायनको समस्या समाधानको लागि नागरिकसँग प्रत्यक्ष संवाद गरी समस्या समाधानको बाटो खोज्न यात्रा आयोजना गरिएको बताएका छन् ।

वर्तमान सरकार व्यवहारमा सफल हुन नसकेको अवस्थामा देश समस्याग्रस्त बन्दै गएकोले यसको कारण र समाधानको उपाय नागरिकबाट खोज्न यात्रा आयोजना गरिएको ओलीले बताएका छन् । पश्चिमको झुलाघाटबाट सुरु गरेर पूर्वको चिवाभञ्ज्याङसम्मका नागरिकको राय संकलन गर्न यात्रा आयोजना गरिएको ओलीकाे दाबी छ ।



‘जनतामा अन्योल र निराशा बढ्दै गएको छ, युवाहरु पलायन भइरहेका छन्, सरकार व्यवहारमा सफल देखिन सकेन, देश समस्याग्रस्त बन्दै गएको छ, यसको कारण के हो र यसको समाधान कसरी निस्किन्छ ? यस सन्दर्भमा प्रत्यक्ष रुपमा जनतासँग संवाद गर्न हामी यही मंसिर १४ गते बिहानबाट महाकाली किनार झुलाघाटबाट चिवाभञ्ज्याङ पूर्वको सिमानसम्मको यात्रा गरिरहेको छौँ’, ओलीले भनेका छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा समृद्धिको यात्रा भएको बताउँदै ओलीले यात्रा सफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।













0 प्रतिकृया