काठमाडाैं, ९ मंसिर । जनता
समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश समिति र राष्ट्रिय समिति
पुनर्गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको
लिम्बुवान राष्ट्रिय समिति आज पुनर्गठन गर्न लागिएको छ ।
पार्टीले सञ्चालन
गरेको तिन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत संगठन गठन,
पुनर्गठन तथा रुपान्तरणको कार्य अन्तर्गत बाँकी रहेका प्रदेश समिति र
राष्ट्रिय पुनर्गठन हुन लागेको हो ।
पोखरामा हुन लागेको
गण्डकी प्रदेश समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति
सदस्य एवम् गण्डकी प्रदेश समिति इन्चार्ज शिवलाल थापा मगर र पाँचथरको
फिदिममा हुन लागेको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठनमा पार्टीका
केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रमुख अतिथि रहने भएका
छन् ।
0 प्रतिकृया