सांसद भगबती चौधरीद्वारा इज्तिमा स्थलको निरीक्षण
एक्सन खबर
सुनसरी, ५ मंसिर । सुनसरीको दुहवीमा हुने भनिएको मुस्लिम समुदायको इज्तिमा स्थलको सांसद भगबती चौधरीले निरीक्षण गरेकी छन् । मंगलबार दुहवी नगरपालिका वडा नं. १ मा हुने भनिएको इज्तिमा (धर्म गुरुहरुद्वारा दिइने प्रवचन) स्थलको सांसद चौधरीले निरीक्षण गरेकी हुन् ।
जिल्ला प्रशासन कार्यालयले बर्तमान सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै इज्तिमा गर्न रोक लगाएको छ । सुनसरीमा मंसिर ५ देखि ७ सम्म इटहरी उपमहानरपालिका वडा नं. १३ स्थित खनार र मंसिर ७ गतेदेखि ९ गतेसम्म दुहवी नगरपालिका वडा नं. १ प्रास्कोकीमा कार्यक्रम गर्ने भनिएकोमा सुनसरी प्रशासनले सर्वदलीय, सर्वपक्षीय बैठक बसी इज्तिमा गर्न रोक लगाएको थियो । हिजो सोमबार कार्यक्रम आयोजक र सरोकारवालाहरुसँगको बैठकले बर्तमान सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएकाे जनाइएकाे छ ।
सांसद चौधरीले नेपालको संविधानमा सबै धर्म संस्कृतिको सम्मान धर्मनिरपेक्षता हुँदा पनि इस्लाम धर्मावलम्बीहरुले गर्न लागेको इज्तिमा कार्यक्रम प्रशासन तथा गृह मन्त्रालयद्वारा किन रोकियो भन्दै प्रश्न गर्दै इज्तिमा खोलाउन आफ्नो प्रयास रहेको बताएकी छन् । ‘नेपालको संबिधानमा सबै धर्म संस्कृतिको सम्मान धर्मनिरपेक्षता हुँदा पनि ईस्लाम धर्मावलम्बीहरुले गर्न चाहेको “इज्तिमा” (धर्मगुरुहरु बाट दिईने प्रबचन) कार्यक्रम प्रशासन तथा गृह मन्त्रालयबाट किन रोकियो ? रोक्न लगाईयो ? भन्ने प्रश्न माथि उक्त खोलाउन हाम्रो कोशिष निरन्तर जारी रहेको छ’ !!!’ चौधरीले सामाजिक सञ्जालमा भनेकी छन् ।
0 प्रतिकृया