Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


चिकित्सा शिक्षा आयोगका नयाँ निर्देशक सिफारिस गर्न समिति गठन

एक्सन खबर
कार्तिक, २४, २०८०


चिकित्सा शिक्षा आयोगका नयाँ निर्देशक सिफारिस गर्न समिति गठन

काठमाडौं, २४ कार्तिक । मंसिर ४ गतेबाट चिकित्सा शिक्षा आयोगका निर्देशकहरूकाे कार्यकाल सकिने भएपछि नयाँ निर्देशककाे नाम सिफारिस गर्न समिति गठन गरिएको छ । आयोगमा चार वटा निर्देशनालय छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिरदेखि रिक्त हुने चार जना नयाँ निर्देशकको नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल संयाेजक रहेकाे समिति गठन गरेका हुन् ।

समितिकाे सदस्यमा प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य छन् । आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले समितिलाई काम सुरु गरेको १५ दिन भित्र निर्देशक पदमा नियुक्तिका लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्न कार्यादेश दिएका छन् ।













0 प्रतिकृया