Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


नेक हल्ट प्राइजको नयाँ संस्करणमा जुनसुकै विषयमा प्रस्तुति दिन पाइने

एक्सन खबर
कार्तिक, १८, २०८०


नेक हल्ट प्राइजको नयाँ संस्करणमा जुनसुकै विषयमा प्रस्तुति दिन पाइने

काठमाडौं, १८ कार्तिक । नेपाल इन्जिनियरिङ कलेज (नेक)ले प्रसिद्ध हल्ट प्राइजको नयाँ संस्करणको तयारी गरेको छ । नेक हल्ट प्राइज अन्तरगत समि सुवेदीले नयाँ कमिटीलाई कार्यभार दिएसँगै नेक हल्ट प्राइजलाई यो पटक फरक रुपमा सञ्चालन गर्ने तयारी छ ।

नेक हल्ट प्राइज क्याम्पस निर्देशक सुवास खनालले तिहार तथा छठ पर्वको समाप्ति पछि नेक हल्ट प्राइजको नयाँ संस्करण सुरु गरिने बताए । यो पटकको प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कुनैपनि विषयमा आफ्नो प्रस्तुतिहरु दिन पाउने भएकाले विगतको भन्दा फरक हुने बताए । ‘विगतमा निश्चित शिर्षक र क्षेत्रहरु राखिन्थ्यो । यस पटकदेखि अधिकतम विद्यार्थीको सहभागीतासँगै धेरै भन्दा धेरै नविनतम सोच र आइडियाहरु आवोस् भनेर कुनै शर्तहरु राखेका छैनौं । सहभागीहरुले आफुसँग भएका कुनैपनि नविनतम सोच, आइडिया र अनुसन्धानलाई प्रस्तुत गर्न पाउनुहुन्छ ।’ हल्ट प्राइज क्याम्पस निर्देशक खनालले भने ।

हल्ट प्राइज प्रसिद्ध अमेरिकी हल्ट फाउण्डेशनबाट हरेक वर्ष गरिने विश्वब्यापी कार्यक्रम हो । यसले इन्जिनियरिङ विधामा नविनतम सोच, विचार र अनुसन्धान गर्ने विद्यार्थीहरुलाई अन्तराष्ट्रिय एक्सपोज दिने गर्दछ । प्रत्येक वर्ष हुने प्रतियोगितामा विश्वभरका कलेजका विद्यार्थीहरुले सहभागीता जनाउने गरेका छन् । नेपालमा नेकसँगै पुल्चोक क्याम्पस, काठमाडौं युनिभर्सिटी, पोखरा युनिभर्सिटीमा नियमित रुपमा हल्ट प्राइज हुने गर्दछ । नेकमा हुने कार्यक्रममा मात्रै कलेजका एक सय बढी विद्यार्थीको सहभागीता हुन सक्ने अपेक्षा गरिएको छ ।

हल्ट प्राइजले विश्वभरका विद्यार्थीहरूलाई विश्वव्यापी समस्याहरूमा नविनतम सोध, अनुसन्धानहरु गर्न प्रेरित गर्छ । सन् २००९ मा एक मिलियन डलर सहितको स्टार्टअप कार्यक्रमको रूपमा स्थापित, हल्ट प्राइजले एक मिलियन भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न सोध, अनुसन्धान र अध्ययनमा तालिम दिएको छ भने, एक सय भन्दाबढी सामाजिक उद्यमहरूलाई अगाडी बढाउन सहयोग गरेको छ ।

नेकमा यो वर्ष हुन गइरहेको प्रतियोगीतामा विद्यार्थीहरुलाई दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो र समाजमा सकारात्मक प्रभाव पार्ने विषयहरूलाई प्रस्तुत गर्न भनिएको छ । कार्यक्रमले कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई सामाजिक आविष्कारक बन्न प्रेरित गर्ने तथा अन्तराष्ट्रिय रुपमा एक्सपोज हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

हल्ट प्राइज नेक क्याम्पस निर्देशक खनालका अनुसार पहिले कलेज स्तरीय प्रतियोगीताका विजेताले भारतको मुम्बईमा हुने एसिया रिजनल प्रतियोगीतामा भाग लिने र त्यहाँ उत्कृष्ट भए ग्लोवल प्रतिष्पर्धामा भाग लिन पाउने छन् । ग्लोवल प्रतिष्पर्धामा उत्कृष्ट हुनेले एक मिलियन डलर बराबरको पुरस्कार प्राप्त गर्नसक्नेछन् ।

नेकमा हुने प्रतिष्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई आकर्षक पुरस्कारहरु दिइने छ । हल्ट प्राइजको लक्ष्य विद्यार्थीले अध्ययन गर्दा सिकेको ज्ञान र सीपलाई प्रस्फुटन गर्ने माध्यम सृजना गर्दै उनीहरुलाई अन्तराष्ट्रिय तहमा पुर्याउनु रहेकोले पुरस्कार के कस्तो भन्दापनि प्रतियोगीतामा भाग लिँदा विद्यार्थीहरुले पाउने एक्सपोज ठूलो रहेको नेक हल्ट प्राइज संयोजक खनालको भनाई छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीमा रहेकाे प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा उजागर गर्न विभिन्न कार्यक्रम गर्ने गर्दछ । इन्जिनियरिङ विधामा स्नातक, स्नातकाेत्तर कार्यक्रम सञ्चालन गर्दै आएकाे कलेजमा करिब २२ सयकाे हाराहारीमा विद्यार्थीहरू अध्ययनरत छन् ।  













0 प्रतिकृया