Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


मेसीलाई किर्तिमानी आठौं पटक बालोन डे’ओर

एक्सन खबर
कार्तिक, १४, २०८०


मेसीलाई किर्तिमानी आठौं पटक बालोन डे’ओर

काठमाडौं, १४ कार्तिक । गत वर्ष अर्जेन्टिनालाई विश्वकपकाे उपाधि जिताएका लियाेनल मेस्सीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् । साेमबार फ्रान्सकाे पेरिसमा आयोजित समारोहका बीच मेसीलाई किर्तिमानी अवार्ड दिइयाे ।

३६ वर्षीय मेसीले म्यानचेष्टर सिटीबाट ट्रेवल विजेता एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड हात पारेका हुन् । ‘विश्वकप जित्न सक्षम हुँदै मेरो सपना पूरा गरेर फेरि एकपटक यहाँ उपस्थित भएर यो क्षणलाई इन्जोए गर्नु उत्कृष्ट हो,’ मेसीले अवार्ड जितेपछि धन्यवाद दिँदै भने ।

मेसीले याे अवार्ड पहिलाे पटक सन् २००९ मा जितेका थिए । त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते । उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए ।

मेसीलाई यसपटक पुनः याे अवार्डकाे दावेदार बनाएकाे सन् २०२२ काे विश्वकपकाे उपाधिले हाे । त्यसाे त उनले फ्रान्सकाे पिएसजीबाट लिग वान र अमेरिकाकाे इन्टरमियामीबाट लिग कपकाे उपाधि पनि जितेका छन् ।

महिलातर्फ स्पेन तथा बार्सिलोनाकी २५ वर्षीय मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन् । बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो । विश्वका १०० पत्रकारहरुले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डे’ओर अवार्ड प्रदान गरिन्छ ।

मेसी पछि क्रिकस्टियानो रोनाल्डोले ५ पटक बालोन डे’ओर अवार्ड जितेका छन् । रोनाल्डोले २०१७ मा अन्तिम पटक यो अवार्ड जितेका थिए । सन् २००३ पछि रोनाल्डो पहिलो पटक अवार्डको मनोनयनमै परेनन् ।

नर्वेका फरवार्ड हालान्डले गत सिजन प्रिमियर लिगमा ३५ खेलमा कीर्तिमानी ३६ गोल गर्नुका साथै सिटीबाट लिगसहित च्याम्पियन्स लिग र एफ ए कप गरी ट्रेबल उपाधि जितेकाले उनलाई गर्ड मुलर ट्रफी प्रदान गरियो । उनले गत सिजन सबै खाले प्रतियोगितामा ५२ गोल गरेका थिए ।

अर्जेन्टिनाका विश्व विजेता गवलकिपर इमिलियानो मार्टिनजेल उत्कृष्ट गोलकिपरको अवार्ड यासिन ट्रफी जिते । मार्टिनेजले कतार विश्वकपकमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए । इंङ्ल्याण्ड तथा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । २१ वर्षमुनिका उत्कृष्ट युवा खेलाडीलाई दिइने कोपा ट्रफी बेलिङघमले पाए । यसै सिजन बोरुसिया डर्टमण्डबाट रियल पुगेका उनले १३ खेलमा १३ गोल गरिसकेका छन् । डर्टमण्डमा गत सिजन उनले ४२ खेलमा १४ गोल गरेका थिए ।

म्यानचेष्टर सिटीले क्लब अफ दि इअरको अवार्ड जित्यो । महिलातर्फ बार्सिलोनालाई क्लब अफ दी इअरको अवार्ड दिइयाे । विश्व फुटबलमा रेसिजमविरुद्ध बोल्दै आएका ब्राजिलियन तथा रियल मड्रिडका विगंर भिनिसिय जुनियरले मैदान बाहिर आफ्नो योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरे ।

भिनिसियस विगत दुई सिजनदेखि ला लिगा खेलहरूमा नियमित रूपमा जातीय दुव्र्यवहारको शिकार बनेका छन् । उनी गरिब क्षेत्रमा विद्यालय निर्माण गर्ने र ब्राजिलमा शिक्षामा लगानी गर्ने फाउन्डेसन सुरु गरेका छन् ।













0 प्रतिकृया