Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


आजदेखि घरेलु मैदानमा टी-२० विश्वकप एसिया छनोट : नेपाल र सिंगापुर भिड्दै

एक्सन खबर
कार्तिक, १३, २०८०


आजदेखि घरेलु मैदानमा टी-२० विश्वकप एसिया छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौं, १३ कार्तिक । आजदेखि नेपालकाे घरेलु मैदानमा आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता सुरु हुँदैछ । प्रतियाेगिता त्रिवि क्रिकेट मैदान किर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

आज पहिलो दिन चार खेल हुनेछ । समूह ‘ए’ काे नेपालले पहिलो खेलमा सिंगापुरसँग त्रिवि खेल मैदानमा विहान ९ बजेबाट खेल्नेछ । समूह ‘ए’ अन्तर्गत नै ओमान र मलेसियाबीचको खेल त्रिवि मैदानमै दिउँसो १:१५ बजे सुरु हुनेछ ।

यस्तै समूह ‘बी’अन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे तथा समूह ‘बी’ कै हङकङ र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानीमा हुनेछ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्ने र सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

नेपाली टीम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, विनोद भण्डारी (विकेट किपर), प्रतिश जिसी, बिबेक यादव, ललित राजबंशी

सिंगापुर टोली : अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनक प्रकाश, अक्ष रुपक पुरी, थिलिप ओमामदुराई थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, आर्यन रसेल मेनन, अमार्त्य कौल, अर्याविर चौधरी, हर्ष भारद्धाज













0 प्रतिकृया