Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


हत्या र अपहरणले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान हुँदैनः एमाले

एक्सन खबर
असोज, २२, २०८०


हत्या र अपहरणले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान हुँदैनः एमाले

काठमाडाैं, २२ असाेज । प्यालेस्टिनी विद्रोही समुह हमासद्वारा इजरायल माथि गरेको आक्रमणको नेकपा एमालेले भत्सर्ना गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले घटनाको निन्दा गर्दै निर्दोश नागरिक, बृद्धबृद्धा, बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय घटनाले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान नहुने जनाउँदै यस्ता घटनाले समस्या थप बढाउने बताएका छन् ।

एमालेले घटनामा परि निधन हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आक्रमणमा नेपालीहरुले ज्यान गुमाएका १० जना विद्यार्थी प्रति दुखः प्रकट गरेको छ । एमालेले घटनामा परी घाइते भएकाहरुको तत्काल उपचार, अफ्ट्यारोमा परेकालाई तत्काल उद्दार तथा ज्यान गुमाउनेहरुको शव तत्काल स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितता गर्न सरकार समक्ष माग गरेको छ ।

हमासको आक्रमणमा परि अहिलेसम्म १० विद्यार्थीको निधन भइसकेको छ । सुदुरपश्चिम विश्वविद्यालयबाट कृषि शिक्षा अध्ययनका लागि पुगेका ३९ विद्यार्थी मध्ये केही विद्यार्थीहरू बंकरमा बसेर ज्यान जोगाइरहेकोमा एक भिडियो सन्देश मार्फत उद्दारको अपिल गरेका छन् ।

आक्रमणमा परि मृत्यु हुनेमा नारायणप्रसाद न्यौपाने कैलाली, गणेशकुमार नेपाली बझाङ, आषिश चौधरी, कैलाली, दिपेशराज बष्ट, दार्चुला, आनन्द शाह धनुषा, राजेशकुमार स्वर्णकार सुनसरी, राजन फूलारा डोटी, पदम थापा डोटी, प्रवेश भण्डारी सल्याण र लोकेन्द्र सिंह धामी दार्चूला रहेका छन् । सो घटनामा अन्य ७ जना घाइते रहेको बताइएको छ ।













0 प्रतिकृया