Follow us:


Follow us

९ असोज २०८३, शुक्रवार
९ असोज २०८३, शुक्रवार


नेशनल मेडिकल कलेजमा रक्तदान (फाेटाे फिचर सहित)

एक्सन खबर
असोज, १३, २०८०


नेशनल मेडिकल कलेजमा रक्तदान (फाेटाे फिचर सहित)

विरगञ्ज, १३ असोज । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ विरगञ्जस्थित कोहिनुर बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १५७ पिन्ट रगत संकलन भएको छ ।

नेशनल मेडिकल कलेज प्राङ्गणमा भएको रक्तदान कार्यक्रमको उद्घाटन कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले गरेका थिए । रक्तदान मानव जीवनकै ठूलो दान भएको भन्दै उनले नियमित रक्तदान गर्नु शरीरका लागि लाभदायक पनि भएको बताए । अस्पतालमा आउने बिरामीलाई रगतको अभाव नहोस् भनेर सहकारीले रक्तदान आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा कलेजका एजुकेटिभ डाइरेक्टर सहनबाज अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहान अन्सारी, एकेडेमिक डाइरेक्टर डा. नुसरत जहान अन्सारी लगायतका कलेजका डाक्टर, नर्स र कर्मचारीहरुको समेत सहभागीता रहेको थियो । सो अवसरमा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

नेशनल मेडिकल कलेज मधेस प्रदेशकै सुविधा सम्पन्न टर्सरी अस्पताल भएकाले यहाँ दैनिक २ हजारको हाराहारीमा बिरामीहरु उपचारार्थ आउने गरेका छन् । दैनिक रुपमा सिमावर्ती भारतीय क्षेत्रबाट समेत सयौंको संख्यामा बिरामीहरु उपचारका लागि आउने भएकाले रक्त सञ्चार बैंकमा रगतको मौज्दात कम हुन नदिन समयसमयमा रक्तदान कार्यक्रम गरिँदै आइएको छ ।  























0 प्रतिकृया