Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


एमाले कोशी प्रदेश अधिवेशनमा १० सदस्यीय अध्यक्ष मण्डल गठन

एक्सन खबर
असोज, १३, २०८०


एमाले कोशी प्रदेश अधिवेशनमा १० सदस्यीय अध्यक्ष मण्डल गठन

मोरङ, १३ असोज । नेकपा (एमाले) कोशी प्रदेशको अधिवेशनमा प्रदेश इन्चार्ज रघुविर महासेठको अध्यक्षतामा १० सदस्यीय अध्यक्ष मण्डल बनेको छ । अधिवेशन सञ्चालनको लागि अध्यक्ष मण्डलको गठन भएको हो ।

अधिवेशनको अध्यक्ष मण्डलको सदस्यहरुमा राजेन्द्र गौतम, हिक्मत कार्की, अग्नि खरेल, शिवमाया तुम्वाहाम्फे, परशुराम मेघी गुरुङ, जगदिशप्रसाद कुसियत, भगबती चौधरी, राम राना र सुनिता बराल रहेका छन् ।

प्रदेश अधिवेशनको शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । कोशी प्रदेशको नेतृत्वका लागि विनोद ढकाल र घनश्याम खतिवडाविच प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । मतदानमा जानै परे प्यानल बनाउन निषेध गरिएको छ ।













0 प्रतिकृया