Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


महासमितिकाे एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

एक्सन खबर
असोज, ४, २०८०


महासमितिकाे एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, ४ असोज । महासमितिकाे एजेण्डा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । कांग्रेस सचिवालयले बैठक दिउँसो १ बजेदेखि सुरु हुने जानकारी दिएको छ ।

मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बाेलाइएकाेले मुख्य एजेन्डा तय गर्न सचिवालय बैठक बाेलाइएकाे हाे । यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने बताइएकाे छ ।

गठबन्धन सरकारमा कांग्रेसकाे भूमिका, समसामयिक राजनीतिक विषयमा समेत सचिवालयमा छलफल हुने एक नेताले बताए । केन्द्रीय कार्यसमितिको बैठकअघि बिहान पदाधिकारीको बैठक बस्दैछ ।













0 प्रतिकृया