Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


सुवास नेम्वाङकाे राजकीय सम्मानका साथ अन्त्येष्टि, शाेक प्रस्ताव पारित

एक्सन खबर
भदौ, २८, २०८०


सुवास नेम्वाङकाे राजकीय सम्मानका साथ अन्त्येष्टि, शाेक प्रस्ताव पारित

काठमाडाैं, २८ भदाै । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा बिहीवार सरकारले नेम्वाङलाई राजकीय सम्मान दिएकाे हाे ।

उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिँदा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरे ।

नेम्वाङको अन्त्येष्टिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलगायत पशुपति पुगेका थिए । सोमबार मध्यराति घरकै शौचालयमा बेहोस भेटिएका नेम्वाङलाई लगत्तै शिक्षण अस्पताल महाराजगञ्जमा लगिएकाेमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

प्रतिनिधि सभामा शाेक प्रस्ताव पारित

बिहीवारै बसेकाे प्रतिनिधि सभाको बैठकले सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले संविधानसभा अध्यक्ष, प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

सभामुख देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरिएको जानकारी गराएका छन् । नेम्वाङको निधनमा सांसदहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए ।


















0 प्रतिकृया