Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरिँदै

एक्सन खबर
भदौ, २६, २०८०


नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरिँदै

काठमाडाैं, २६ भदाै । सरकारले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।

गृहमन्त्री नारायकाजी श्रेष्ठले नेम्वाङलाई राष्ट्रिय सम्मान दिनेबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बाेलाइएकाे जानकारी दिए । नेम्वाङकाे भाेली बुधबार अन्त्येष्टि हुनेछ ।

२०५१ मा कानुन मन्त्री भइसकेका नेम्वाङ २०६३ को अन्तरिम संसदका सभामुख थिए । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका महत्वपूर्ण विषयमा दलहरूलाई सहमतिमा ल्याउन समन्वयकारी भूमिका खेलेका थिए ।

नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । उनलाई बर्तमान संविधानकाे अभिभावक समेत भन्ने गरिन्छ ।













0 प्रतिकृया