Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


‘गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ’ सांसद सुनिलकुमार शर्मा (भिडियाेसहित)

एक्सन खबर
साउन, २९, २०८०


‘गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ’ सांसद सुनिलकुमार शर्मा (भिडियाेसहित)

काठमाडौं, २९ साउन । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै आएका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले पुनः गृहमन्त्रीको राजीनामा मागेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले ‘यो देशको प्रधानमन्त्री र गृहमन्त्री आतंककारीहरुको नेतृत्व गर्नु हुन्छ कि कसको ?’ भनी प्रश्न समेत गर्दै गृहमन्त्रीले विना शर्त राजीनामा दिनुपर्ने बताए ।

‘यो राज्यसत्ताले मुलुकका सुन तस्करका नाइकेहरूको राजीनामा मागेपछि मलाई गिरफ्तार गरियो । यो देशका प्रधानमन्त्री र गृहमन्त्री आतंककारीको नेतृत्व गर्नुहुन्छ कि प्रजातन्त्रको ?’, सांसद शर्माले प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन र राजीनामा माग्न पाइँदैन भने अनि जनताको अवस्था के हुन्छ ? भन्दै प्रश्न उठाए ।

सुन तस्करीको निष्पक्ष छानविन गर्न गृहमन्त्रीले विनाशर्त राजीनामा गर्नुपर्ने भन्दै राजीनामा नगरे आफु संसदमै अनसन बस्ने दोहोर्याए । शर्माले गृहमन्त्रीलाई १ मिनेट पनि पदमा बस्ने नैतिकता नरहेको जिकीर गरे ।



सुन तस्करी प्रकरणका दोषीलाई कारवाही गर्न र नैतिक रुपमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेकै आधारमा आफूलाई पक्राउ गरेर एक दिनसम्म अवैध रुपमा हिरासतमा राखिएको भन्दै डा. शर्माले आपत्ति जनाए । साथै, आफुमाथि हातपात समेत भएको सभामुखलाई जानकारी गराए ।

संसद चलिरहेको अवस्थामा कुनैपनि सांसदलाई पक्राउ गर्नुपूर्व सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था विपरित आफुलाई सभामुखलाई नै थाहा नदिई, पक्राउ पुर्जी नै जारी नगरी आतंकपूर्ण ढंगले निवासबाट पक्राउ गरिएको भन्दै उनले संसदमा आपत्ति जनाए ।














0 प्रतिकृया