Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


सांसद डा. सुनिलकुमार शर्मा साधारण तारेखमा रिहा

एक्सन खबर
साउन, २६, २०८०


सांसद डा. सुनिलकुमार शर्मा साधारण तारेखमा रिहा

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मा साधारण तारेखमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । अदालतले डा. शर्मालाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै थुना बाहिरै राखेर अनुसन्धान गर्न सिआइविलाई आदेश दिएको हो ।

सिआइवीले बिहीबार सांसद शर्मालाई लिखत सम्बन्धी विषयमा उनको निवासबाटै पक्राउ गरेको थियो । क्विन्टल सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै आएका डा. शर्मालाई सोही प्रकरणमा प्रतिसोध साँधिएको भन्दै कांग्रेस, एमालेका सांसदहरुले समेत विरोध जनाएका थिए । उक्त प्रकरणमा सांसद शर्माले संसदमा आमरण अनसन नै बस्ने घोषणा गरेका थिए ।

कांग्रेस संसदीय दलमा बोल्ने अधिकांश सांसदहरुले डा. शर्माको पक्राउ प्रतिसोधपूर्ण रहेको बताएका थिए । उनीहरुले यस बारेमा अब गृहमन्त्री र अर्थमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छन् । प्रकरणमा अदालतले अन्य अभियुक्तविरुद्ध अनुसन्धान गर्न सिआइवीलाई ५ दिनको म्याद दिएको छ ।













0 प्रतिकृया