Follow us:


Follow us

१२ असोज २०८३, सोमवार
१२ असोज २०८३, सोमवार


‘सुनील शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?’ सांसद चन्द्र भण्डारी

एक्सन खबर
साउन, २६, २०८०


‘सुनील शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?’ सांसद चन्द्र भण्डारी

काठमाडाैं, २६ साउन । सांसद सुनिल कुमार शर्मालाई पक्राउ गरिएकाेप्रति नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आपत्ति जनाउँदै राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । सुन प्रकरणमा निरन्तर बाेल्दै आएका कांग्रेस सांसद शर्मालाई प्रतिसाेध साँधिएकाे जिकीर गरे ।

शुक्रबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले जसको शक्ति त्यसको भक्ति भन्ने अब नचल्ने समेत बताए । ‘सुनील शर्मालाई थुन्नुपर्छ भन्ने छैन । मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु, तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन् । बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो ।’ भण्डारीले भने ।

भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदाहुँदै सकिइसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि लागेर प्रतिशोध साँध्नु गलत भएको बताए । ललिता निवास प्रकरणको उदाहरण दिँदै शर्मालाई पक्राउ गर्नु गलत भएको भण्डारीकाे भनाइ छ । ‘नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन । सुनील शर्माले बोलेको कसैलाई नपचेको होला नि, कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने । सुनील शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?’ भण्डारीले प्रश्न गरे ।

सांसद शर्मालाई पक्राउ गरेकाेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आपत्ति जनाएकाे छ । आज बसेकाे प्रतिनिधि सभा बैठकमा  एमाले सांसद ज्वालाकुमारी साहले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गरी गृहमन्त्री र अर्थमन्त्रीलाई समेत अनुसन्धानमा ल्याइनु पर्ने माग गरिन् ।













0 प्रतिकृया