Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


ग्रीन एण्ड क्लीन धरान अभियानमा केन्द्रीय सदस्य ढुंगाना र जिल्ला सभापति भण्डारी

एक्सन खबर
साउन, २०, २०८०


ग्रीन एण्ड क्लीन धरान अभियानमा केन्द्रीय सदस्य ढुंगाना र जिल्ला सभापति भण्डारी

धरान, २० साउन । साउन ६ गतेदेखि सञ्चालन हुँदै आएको ग्रीन एण्ड क्लीन धरान अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा ईनरुवा नगर प्रमुख केदार भण्डारी समेत सहभागी भएका छन् । कांग्रेस, सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरान अभियान धरान ८ मा पुग्दा ढुंगाना र भण्डारी सहभागी हुन आएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवका लागि अति आवश्यक रहेकाले क्षेत्रीय कार्यसमितिले धरानमा ल्याएको एक घर एक विरुवा रोपौं, सरफाई गरौं, डेङ्गु नष्ट गरौं अभियान सान्दर्भिक रहेको बताए ।

त्यसैगरी ईनरुवा नगर प्रमुख समेत रहेका कांग्रेस जिल्ला सभापति केदार भण्डारीले धरान डेङ्गुले ग्रस्त भएकाले सर्च एण्ड डिस्ट्रोय अभियान समेत सञ्चालन गर्न र धरानलाई सुन्दर, सफा र हरियाली बनाउन १ नं. क्षेत्रीय समितिले आयोजना गरेको ग्रीन एण्ड क्लीन धरान अभियानमा पार्टीका सबै तह र तप्काहरु लाग्नुपर्ने बताउँदै अभियानलाई सफल बनाउन आग्रह गरे ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीका माथिल्लो तहका नेताहरु समेत सहभागी भईदिँदा उत्साह थपिएको बताउँदै धरानले झेलिरहेको डेङ्गु महामारीलाई उन्मूलन गर्न राज्यको प्रयास पर्याप्त हुन नसकेको भन्दै अब पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था र नागरिक आफैपनि सचेत भएर लाग्नुपर्ने बताए ।

कांग्रेसको एक महिने ग्रीन एण्ड क्लीन धरान अभियान भदौ १० गतेसम्म सञ्चालन हुने सभापति तामाङले जानकारी दिए ।














0 प्रतिकृया