‘धेरै आलोचना हुन्छ सोचेकोमा कमै भयो’ कांग्रेस सभापति देउवा
एक्सन खबर
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा आफ्नो धेरै आलोचना होला भन्ने ठानेको भए पनि कम भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । पार्टी सभापति देउवाले बुधबर सात दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय पारित गर्दै धेरै महत्वपूर्ण विषयमा छलफल भएको बताए ।
'मैले त धेरै आलोचना होला भन्ठान्या, कम भयो त्यसका लागि धन्यवाद दिन चाहन्छु,' उनले भने ।सभापति देउवाले पार्टीको बैठक लाइभले जीवन्त बनेको पनि बताएका छन् । उनले भने,'पार्टीको बैठकले जनताले पनि सबै कुरा थाहा पाएको र पार्टीका कोहीभन्दा कम नभएको र एकसय एक केन्द्रीय सदस्यहरु रहेको पनि प्रमाण पनि दुनियाँले बुझेको छ ।'
कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ । कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
0 प्रतिकृया