Follow us:


Follow us

१० असोज २०८३, शनिवार
१० असोज २०८३, शनिवार


कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा

एक्सन खबर
साउन, ८, २०८०


कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा

काठमाडौं, ८ साउन । कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर दायर गरिएको रिट सर्वाेच्च अदालतको पूर्ण इजलासमा पठाइएको छ । कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेका थिए ।

उक्त रिटमा सोमबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनुवाइ गर्दै पूर्ण इजलासमा पठाएको हो ।

कोश प्रदेशसभा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन असंवैधानिक रुपमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको भन्दै बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसहित कार्कीले गत २२ असारमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता हुन् ।

उक्त रिटमाथि सुनुवाइ गरेको न्यायाधीशद्वय माथेमा र श्रेष्ठको संयुक्त इजलासले उक्त रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । उक्त रिट मंगलबार तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्नेछ ।
 













0 प्रतिकृया