Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


कोशी सरकारको बैधानिकता माथि आजबाट सर्वोच्च अदालतमा बहस

एक्सन खबर
साउन, ७, २०८०


कोशी सरकारको बैधानिकता माथि आजबाट सर्वोच्च अदालतमा बहस

काठमाडौं, ७ साउन । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ । कोशी सरकार गठन अस‌बैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो ।

सो प्रदेशका निबर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायधिश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन् ।

जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरे पछि आजदेखि कोशी सरकारको बैधानिकतामा बहस सुरु हुन लागेको हो । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि एमालेले त्यसबिरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियाे ।

निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंबैधानिक भन्दै खारेजीको माग एमालेकाे राखेकाे छ । जसमा आजबाट दुवै पक्षले आ–आफनो तर्फबाट बहस गर्नेछन् ।













0 प्रतिकृया