Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


‘गृहमन्त्रीको राजीनामा माग्न जाने कि नजाने ?’ जीतजंग बस्नेत

एक्सन खबर
साउन, ५, २०८०


‘गृहमन्त्रीको राजीनामा माग्न जाने कि नजाने ?’ जीतजंग बस्नेत

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै अब गृहमन्त्रीको राजीनामा माग्न जान पार्टीका नेतालाई चुनौति दिएका हुन् ।
 
बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूलाई सुन तस्करीमा नाम मुछिएका गृहमन्त्रीको राजीनामा माग्न नारायणकाजीकोमा जान उनले चुनौति दिएका हुन् ।

कांग्रेस नेता पक्राउ पर्दा गृहमन्त्री भेट्न पुगेका कांग्रेस नेताहरुलाई चुनौति दिँदै उनले भने, ‘साथीहरु गृहमन्त्रीकोमा जानु भएको थियो । आज म पनि जान्छु । जाउँन त, नारायणकाजीको नाम आइसकेको छ । उहाँको विषयमा राजीनामा माग्न जाउँ ।’ उनले अगाडी भने,‘को को मान्छे हो सुन तस्करीमा परेका छन्, छानबिन हुनुपर्यो । तीन महिनाभित्र २९ पटक सुन आएको छ नेपालमा, सय सय केजीको दरले । अब हाम्रो साथीहरु गृहमन्त्रीकोमा जाने कि नजाने ?’
 













0 प्रतिकृया