Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


आजको मौसमः देशका पहाडी भू–भागमा पानी पर्ने

एक्सन खबर
साउन, ४, २०८०


आजको मौसमः देशका पहाडी भू–भागमा पानी पर्ने

काठमाडौं, ४ साउन । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहने, कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।













0 प्रतिकृया