Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


एमाले संसदीय विभागमा भगबती चाैधरीसहित काे काे थपिए ?

एक्सन खबर
असार, ३१, २०८०


एमाले संसदीय विभागमा भगबती चाैधरीसहित काे काे थपिए ?

काठमाडाैं, ३१ असार । नेकपा (एमाले)ले संसदीय विभागमा १३ जना सदस्य थप गरेको छ । शनिबार बसेको २३ औं सचिवालय बैठकले संसदीय विभागमा सांसद भगबती चाैधरी सहित १३ सदस्य थप गरेको हो ।

संसदीय समितिमा भगबती चाैधरी, प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, राष्ट्रिय सभा सदस्य विमला पौड्याल राई, ज्वाला साह, विद्या भट्टराई, सुनिता बराल, तारा लामा, लिलानाथ श्रेष्ठ थपिएका छन् ।

त्यस्तै ठाकुर गैरे, चन्द्रबहादुर विश्वकर्मा, अम्मरबहादुर रायमाझी र किरणकुमार साह पनि संसदीय विभागको सदस्यमा मनोनित भएकाे एक नेताले जानकारी दिए ।

संसदीय विभागको सदस्य राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहाल, र राष्ट्रिय सभाका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ थिए । विभागको पार्टी उपमहासचिव प्रमुख पृथ्वी सुब्बा गुरुङ छन् ।



Tags: uml










0 प्रतिकृया