Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए

एक्सन खबर
असार, २८, २०८०


श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए

मेक्सिकाे, २८ असार । मेक्सिकोमा ३२ वर्षीय एक पुरुषले अमानवीयताको सबै हद पार गरेका छन् । उनले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको दिमागलाई टाैकोसमा मिलाएर खाए, यसपछि खोपडीलाई एस्ट्रे बनाएर प्रयाेग गरे ।

द मिररकाे रिपोर्ट अनुसार आरोपी व्यक्तिलाई गत जुलाई २ मा पुएब्लोमा उनको घरबाट पक्राउ गरिएको थियो । उनलाई मिडियाले नरभक्षीको संज्ञा दिएका छन् ।

हत्यारा अल्भारो पेसाले निर्माण व्यवसायी हुन् । उनले गत वर्ष मारिया मोन्टसेराटसँग विवाह गरेका थिए । मारिया पहिले नै विवाहित थिइन्। उनका पाँच छोरी छन् । जेठी छोरी २३ वर्ष र कान्छी १२ वर्षकी छिन् ।

अल्भारोले २९ जुनमा आफ्नी श्रीमतीको हत्या गरेका थिए । सान्ता मुर्टे (आवर लेडी अफ होली डेथ) र शैतानले उनलाई आफ्नी श्रीमतीलाई मार्ने आदेश दिएको आरोपितले पुलिसलाई बताएका छन् ।

आरोपितले आफ्नी श्रीमतीको मस्तिष्कको भाग खाएको र उनको खप्परलाई एशट्रेको रूपमा प्रयोग गरेको स्वीकार गरेका छन् । उनका अनुसार हत्या पछि पीडितको शव टुक्रा-टुक्रा पारेर प्लाष्टिकको झोलामा हालेका थिए ।

हत्या भएको दुई दिनपछि अभियुक्तले आफ्नी सौतेनी छोरीलाई आफ्नो अपराध स्वीकादै बोलाएका थिए । पीडितकी छाेरी मारिया एलिसिया मोन्टील ​​सेरानले बताइन् कि, उसले आफ्नी एक छोरीलाई आफ्नी आमालाई लिएर जान भनेका थिए, 'मैले तिम्री आमाकाे हत्या गरी झोलामा राखेको छु, आएर लैजाउ ।'

अल्भारोले श्रीमतिकाे शरीरलाई चक्कु, छेनी र हथौडाले आक्रमण गरेकाे सेरानले बताइन् । यसअघि उनले लागूऔषध सेवन गरेका थिए । ती अपराधी प्रति छोरीहरूलाई शारीरिक तथा यौन दुव्र्यवहार गरेको आरोप पनि लगाइएकाे छ । यसैबीच प्रहरीले अनुसन्धानका क्रममा उनको घरमा कालो जादूको वेदी पनि फेला पारेको छ ।














0 प्रतिकृया