Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


राष्ट्रियसभामा विनियोजन विधेयक माथि मन्त्रालयगत छलफल हुने

एक्सन खबर
असार, २६, २०८०


राष्ट्रियसभामा विनियोजन विधेयक माथि मन्त्रालयगत छलफल हुने

काठमाडौं, २६ असार । राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ११:०० बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार मंगलबारको बैठकमा बिनियोजन बिधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथिकाे बजेटमा छलफल हुनेछ ।

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथि छुटाईएको बजेट माथि पनि छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहकाे पुस्तक विमाेचन समाराेहमा आफुलाइ प्रधानमन्त्री बनाउन सिंहले भारतकाे नयाँ दिल्लीमा प्रमुख भूमिका खेलेकाे आसयकाे अभिब्यक्ति दिए पछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन दिनदेखि संसद अवरूद्ध पारेकाेमा हिजाे प्रधानमन्त्रीले प्रतिनिधि सभामा उक्त अभिव्यक्तिमाथि प्रष्टिकरण दिएसँग दुवै खुलेकाे हाे ।  













0 प्रतिकृया