प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे बैठक बस्दै, यी हुन् संभावित कार्यसूची
एक्सन खबर
काठमाडौं, २४ असार । आज प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैकाे छुट्टाछुट्टै बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा दुवै बैठक बस्नेछ । प्रतिनिधि सभाकाे बैठक दिउँसो १:०० बजे बोलाइएको छ भने, राष्ट्रिय सभाकाे बैठक ११:३१ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रतिनिधि सभाको बैठकमा तीनवटा बिधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् ।
र, आजै सो बिधेयक माथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयले जनाएकाे छ ।
यता राष्ट्रिय सभा बैठकमा भने, बिनियोजन बिधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथिकाे बजेट माथि छलफल हुनेछ ।
साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथि छुटाईएको बजेट माथि पनि छलफल हुनेछ ।
0 प्रतिकृया