Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


‘एमाले जनताको मनमा बसेको पार्टी हो’ योगेश भट्टराई

एक्सन खबर
असार, २२, २०८०


‘एमाले जनताको मनमा बसेको पार्टी हो’ योगेश भट्टराई

इन्दीप कोइराला
बारा, २२ असार । नेकपा एमालेका सचिव एवम् मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका छन् । पार्टी कामको सिलशिलामा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उनले भने, 'पार्टीले अङ्गिकार गरेको जनताको बहुदलीय जनवाद माक्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ ।' उनले पार्टीको सिद्धान्त र व्यवहार सहि भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रुपमा रहेको पनि बताए ।

‘एमाले जनताको मनमा बसेको पार्टी हो’, उनले भने,‘गत संसदीय निर्वाचनमा विपक्षीहरुको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनाएका हुन् ।’

उनले चुनावमा विपक्षीहरुले गठबन्धन नगरकेो भए एमालेले प्रत्यक्षतर्फ पनि थप २०-२५ सिट बढी जित्ने दाबी पनि गरे । उनले राष्ट्रियताको बारेमा एमालेले अबलम्बन गरेको नीतिका कारण पनि देशको स्वभिमान उच्च हुदै गएको बताए । आफूहरुले छिमेकी भारत र चीन दुबैको प्रभावमा नपरी राष्ट्रिय स्वाधिनताको लागि काम गरेको भट्टराईकाे दाबी छ ।

हालको निर्वाचन प्रणालीमा कुनै पनि दलले एक्लै बहुमत ल्यााउन कठिन हुने भएकोले यो प्रणाली परिवर्तन गर्ने बारेमा पनि बहस सुरु भएको उनले बताए ।‘निर्वाचन प्रणालीले एकल दलको सरकार गठन गर्न मात्र बाधक होइन दलहरुलाई नै भ्रष्टीकरणको दिशामा पुर्‍याएको छ, नेता भट्टराईले भने, यस्तो प्रणालीलाई परिवर्तन गर्नुपर्छ ।’

उनले निर्वाचन प्रणाली खर्चिलो भएकोले दलहरुले चुनाव जित्नको लागि पैसावालालाई टिकट दिनुपर्ने बाध्यता आएको जनाए । ‘असल र इमान्दार मान्छेले भन्दा साम, दाम र दण्डभेद प्रयोग गर्न सक्नेले मात्रै टिकट पाउने अवस्था आयो,’ उनले भने। 













0 प्रतिकृया