Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


इको फोरम ग्लोबलमा भाग लिन नेपाली टोली चीन प्रस्थान

एक्सन खबर
असार, २१, २०८०


इको फोरम ग्लोबलमा भाग लिन नेपाली टोली चीन प्रस्थान

काठमाडौं, २१ असार । यही जुलाइ ८–९ मा चीनको गुइयाङ प्रान्तमा हुने ‘इको फोरम ग्लोबल गुइयाङ २०२३’ मा भाग लिन नेपाली प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना नेतृत्वको टोली आज  चीन भ्रमणमा प्रस्थान गरेको हो ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलमा पूर्वमन्त्री समेत रहेकी सांसद भगबती चौधरी, डा. चन्दा कार्की, मैना कार्की, संसद् सचिवालयका उपसचिव बिमलराज जोशी रहेका छन् । नेपाली प्रतिनिधिमण्डल राति १२:०५ बजेको चाइना साउथ एयरलाइन्सको सिजेड ३०६८ को उडानबाट ग्वान्जाओ हुँदै गुइयाङतर्फ प्रस्थान गर्नेछ।

उक्त फोरममा उपसभामुख रानाले सम्बोधन गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । इको फोरममा वातावरणीय प्रदर्शनी, क्षेत्रीय अध्ययनहरू र नवीकरणीय ऊर्जा परियोजनाहरूका विषयमा विश्वब्यापी छलफल र विमर्शहरु हुनेछ ।

औपचारिक भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल २५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।














0 प्रतिकृया