Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बस्दै

एक्सन खबर
असार, २०, २०८०


आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बस्दै

काठमाडौं, २० असार । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे छुट्टाछुट्टै बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा राष्ट्रिय सभाकाे  बैठक दिउँसो २:३० बजे बस्दा प्रतिनिधि सभाकाे बैठक ३:०० बजे बोलाईएको छ ।

प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय बिधेयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुनेछ ।  

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल संसोधन गर्न बनेको बिधेयक २०८० माथि दफावार छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै सो बिधेयकमाथि छलफल भए पछि त्यसमा आएका संसोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस बिधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

यस्तै, आजै राष्ट्रियसभा  बैठकमा बिनियोजन २०८० बिधेयक माथि मन्त्रालयगत छलफल हुनेछ ।  

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिद्यि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालय माथि छुटाईएको बजेट माथि छलफल हुनेछ ।













0 प्रतिकृया