Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


संसदीय समिति सभापति तत्कालै चयन गर्ने शीर्ष नेताहरूकाे प्रतिबद्धता

एक्सन खबर
असार, १९, २०८०


संसदीय समिति सभापति तत्कालै चयन गर्ने शीर्ष नेताहरूकाे प्रतिबद्धता

काठमाडौं, १९ असार । सभामुख देवराज घिमिरले संसदीय सभापति चयन गर्न प्रमुख तीन दलका शीर्षनेताहरुले प्रतिबद्धता जनाएको जानकारी दिएका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरले संसदीय समिति सभापति चयन गर्ने विषयमा ध्यानाकर्षण गराएपछि उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समितिका सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाएको बैठकपछि सभामुख घिमिरेले जानकारी दिए ।

‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ । अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ । छिट्टै नै समितिले नेतृत्व पाउँछ,’ उनले भने, ‘समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेका छैनन् ।’
 













0 प्रतिकृया