Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


प्रतिनिधिसभा बैठकः आजकाे संभावित कार्यसूची के छ ?

एक्सन खबर
असार, १७, २०८०


प्रतिनिधिसभा बैठकः आजकाे संभावित कार्यसूची के छ ?

काठमाडौं, १७ असार । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक ११ बजे बिहान बोलाईएको छ । आजको बैठकमा आर्थिक बिद्येयक २०८० माथि छलफल हुनेछ भने सो बिद्येयक माथि प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बिधेयक २०८०  पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने बिधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सो राष्ट्र ऋण उठाउने बिधेयक २०८० माथि प्राप्त संसोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो बिधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।













0 प्रतिकृया