Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


संसद दिवस मनाईदै, मामिलामा नयाँ नेतृत्व चयन हुँदै

एक्सन खबर
असार, १६, २०८०


संसद दिवस मनाईदै, मामिलामा नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं, १६ असार । आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ । नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको थियाे ।

साेहि दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले काठमाडौँमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन् ।

दिवसको अवसरमा शुभकामना दिँदै सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु सबैको प्राथमिक दायित्व हुनुपर्ने जाेड दिएका छन् ।

यसैगरी, संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेसन सुरु भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त अधिवेसन सुरु भएको हो ।

सो अधिवेसनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वका लागि न्यूज एजेन्सी नेपालका सबिन धमला, तुल्सी सापकोटा, बिष्णु खडका, मनोज सत्यालले दाबी प्रस्तुत गरेका छन् ।













0 प्रतिकृया