Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


राष्ट्रिय सभा बैठक, बिनियोजन बिधेयक प्रस्तुत हुने

एक्सन खबर
असार, १५, २०८०


राष्ट्रिय सभा बैठक, बिनियोजन बिधेयक प्रस्तुत हुने

काठमाडौं, १५ असार । राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २:३० बजे बस्नेछ ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बिनियोजन बिधेयक २०८० को सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाशशरण महतले बिनियोजन बिधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्य सूची रहेको छ ।
 
यसैगरी बिधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल बिश्वबिद्यालय बिधेयक २०७९ माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसूचीमा उल्लेख छ ।  

मुलुकी संहिता सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथी दफावार छलफल हुने र सो बिधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।













0 प्रतिकृया