Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली (फोटोफिचर)

एक्सन खबर
असार, १४, २०८०


ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली (फोटोफिचर)

काठमाडौं, १४ असार । विभिन्न माग राखेर सार्वजनिक यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबस लगायतका सवारी साधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारी निर्णय खारेज हुनुपर्ने, रातो प्लेटवाला सवारी साधनले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, स्वदेशमै काम गरेर खान पाउनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका छन् ।

कलंकी-बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।


















0 प्रतिकृया