Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


कांग्रेसको क्षेत्रीय समिति विस्तार, सम्मेलनमा गगन थापा आउने

एक्सन खबर
असार, ७, २०८०


कांग्रेसको क्षेत्रीय समिति विस्तार, सम्मेलनमा गगन थापा आउने

धरान, ७ असार । नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति विस्तार गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले समितिको विस्तार गरेको हो । समितिमा मनोनित र आमन्त्रित सदस्य तथा सल्लाहकारहरु चयन गरी विस्तार गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताएका छन् ।

बैठकले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा १(१) तथा १(२) को सम्मेलन पार्टी महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा असार २९ र ३० गते संयुक्त रुपमा गर्ने निर्णय गरेको छ । बैठकले सम्मेलनको अवसरमा स्मारिका प्रकाशन गर्ने, असार १८ गते मन्दिर, मस्जिद, चर्च र गुम्बा सररसफाई, असार १९ गते व्याडमिन्टन प्रतियोगिता, असार २० गते पत्रकार महासंघ र पार्टीवीच मैत्रीपूर्ण फुटवल खेल र असार २२ गते ५ कि.मि. म्याराथुन प्रतियोगिता समेत गर्ने निर्णय गरेको छ ।

विस्तारित समितिका सदस्यहरुमा मुकेश थापा, पदमसुन्दर लिम्वु, पेम्वा तामाङ, गम्भिर दाहाल, तिलक बहादुर कार्की, रामबहादुर मगर, दिनेश श्रेष्ठ, रेखा लिम्वु, आशिष तामाङ, महेन्द्र तामाङ, धनगोपाल राई, गोपाल कार्की र सुमन श्रेष्ठ रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा योगेश थपलिया, प्रदिप थापा, सुरेन्द्र श्रेष्ठ, मनिष खड्गी, ध्रुव गिरी, राजेन्द्र राई, कमला वि.क. रुचाल, ढुण्डीराज ढकाल, दुर्गा देवी अधिकारी, कमल भट्टराई, भवानी ओझा, विनोद तिमिल्सिना, विष्णु श्रेष्ठ (सुन्दरी), विष्णु वराल, राजेश तामाङ, नवराज श्रेष्ठ, कृष्णवहादुर कार्की, अशोक शाह रहेका छन ।

त्यसगरी नर्मदा पौडेल, शेखर कार्की, शिव राई, शंकर विष्ट, चन्द्र बहादुर लिम्वु, मदन राई, कैलाश अग्रवाल, रविन्द्र राई, प्रदिप देवान, तारा लामा, शारदा प्रसाद भट्टराई, गोविन्द सुवेदी, सुरज अधिकारी, राजकुमार तामाङ, हरिबहादुर राई, सूर्य राई, गंगा सिटौला नेपाल पनि रहेका छन ।

शोभा सुनुवार, लोकेन्द्र खड्का, दामोदर श्रेष्ठ, गोकुल वराल, दिलिप श्रेष्ठ, राम बुढाथोकी, विकास श्रेष्ठ, संगीता वाहिङ राई, लक्ष्मी घिमिरे, रुपा राई, पुष्पा लिम्वु, विनोद मानन्धर र पुकल खापुङ समेत विस्तारित सदस्यहरुमा रहेका छन् ।

बैठकले चयन गरेका सल्लाहकारहरुमा हरिनाथ वास्तोला, गिरिराज आचार्य, भिष्म काप्mले, उमा वास्तोला, मिना पुलामी, बुद्धि कटवाल, मदन ढकाल, नगेन्द्र ढुंगेल, सुरेशमान श्रेष्ठ, हेमलाल लिम्वु, डा. गोविन्द सुब्बा, डा.आनन्द आचार्य, डा. चन्द्र सुब्बा, राजविमल श्रेष्ठ, सन्तोष सापकोटा लगायत रहेका छन् ।













0 प्रतिकृया